कांग्रेसद्वारा सर्बोच्चको आदेशको स्वागत

२०७७ फागुन ११, २१: २५ मा प्रकाशित
detail 1

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत गरेको छ । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकोआधिकारिक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् ।

सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘गत पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई काँग्रेसले तत्काल भत्सर्ना गर्दै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।

संसद बिगठन भए लगतै काँग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कहिले पनि दवाव दिन नहुने र अदालतको फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो ।

Detail 2

प्रतिक्रिया दिनुहोस्