शंकर पोख्रेल विरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता

२०७८ बैशाख २६, १३: १६ मा प्रकाशित
detail 1
शंकर पोख्रेल विरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता

२६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल बिरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संयुक्त रुपमा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

गत बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै बिपक्षी दलहरुले दिएको समावेदनका आधारमा १९ गते बिशेष अधिबेशन बोलाइएको थियो तर पछि मुख्यमन्त्री पोख्रेल सो अधिबेशन छल्दै पदबाट राजिनामा दिए र लगत्तै प्रदेशको बहुल बहुमतको सरकारको दाबी गर्दै पुन त प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खुवाइए।

बिपक्षी दलहरुले मुख्यमन्त्री पोख्रेलले दोस्रो कार्यकालको निम्ति सपथ लिसकेपछी नेकपा एमालेबाट दुई जना सांसदबाट राजिनामा र एक जना सांसद साबिक नेकपाबाट नेकपा माओबादी केन्द्र रोज्ने निर्णय गरेपछि प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत (३८ सांसद) एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ -१) बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका छन् ।

आफुहरुको स्पस्ट बहुमत रहेको देख्दा देख्दै पनि प्रदेश प्रमुखबाट अबैधानिक रुपमा मुख्यमन्त्रीलाई नियुक्ति गरिएको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभाको अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष आजै समावेदन दिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

Detail 2

प्रतिक्रिया दिनुहोस्