प्रविधिको दुरुपयोग गरी आफुलाई बदनाम गराइयो : वनमन्त्री आले

२०७७ फागुन २३, १९: १८ मा प्रकाशित
detail 1
प्रविधिको दुरुपयोग गरी आफुलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौँ २३ फागुन : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराइएको बताए। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफुले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा बोलेको भाषणलाई तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरिएको आरोप लगाए ।

उनले भने , “वर्तमान सरकार तथा मप्रति ‘कु’ दृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी सम्पादन गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु ।” सोही कार्यक्रममा मन्त्री आलेले ढलेको रुखबाट अक्सिजन नमिल्ने र कार्बनडाइअक्साइड मिल्छ भन्ने उद्देश्यले बोलेका थिए ।

प्रविधिको दुरुपयोग गरि समय खेर फ्याल्न भन्दा सो समयलाई राष्ट्रको विकासमा लगाउन आग्रह गरे। प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उनले उक्त विषयमा आफुलाई गम्भीर ध्यानाकर्षण भएको जनाए।

सो कार्यक्रमा मन्त्री आलेले वैज्ञानिक वनका नाममा काटिएका रुखको सबै प्रदेश वन मन्त्रालयमा लगत सङ्कलनका लागि पत्राचार गरिएको र चाँडो व्यवथापन गर्नतिर मन्त्रालय अग्रसर रहेको बताए । वैज्ञानिक वनको अवधारणा राम्रो भए पनि केही व्यक्तिले वन विनाश गर्नकै लागि जथाभावी वन फँडानी गर्ने गरेकाले फँडानी रोक्नका लागि वैज्ञानिक वन व्यवस्थापन २०७१ खारेज गरिएको पनि उनको जिकिर छ ।

Detail 2

प्रतिक्रिया दिनुहोस्