बैतडीमा जिप दुर्घटना : ५ को मृत्यु

२०७७ मंसिर ९, १७: ४६ मा प्रकाशित
detail 1

९ मंसिर, काठमाडौँ । सुदूरपश्चिम प्रदेश स्थित बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बैतडीको झुलाघाटबाट गोठलापानी तर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० स्थित पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द, ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

भारतबाट आफ्नो पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । ति मध्ये घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

Detail 2

प्रतिक्रिया दिनुहोस्