महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म घर भत्काइएको छैन

२०८० सावन २५, ०९: १३ मा प्रकाशित
detail 1

महाकवि लक्ष्मीप्रसाद देवकोटा ( बि. सं. १९६६-२०१६ ) को जन्म-घर सरकारले नभत्काएको हुनाले हालसम्म पनि सोही अवस्थामा रहेको छ ।

डिल्लिबजार स्थित उहाँको जन्म-घर (पिता पं. तीलमाधव देवकोटाले बनाएको डिल्लीबजार सडक नजिकको हालको “वाटुले-घर” बाट १५० मिटर उत्तर तर्फ) हालसम्म पनि सोही अवस्थामा रहेको छ।

महाकविले आफ्नो जन्म-घरमा जिन्दगीको ३८ वर्ष बिताउनुभएको थियो भने पैतृक सम्पत्तिको अंशबण्डा पछि उहाँले डिल्लिबजार (पीपल-बोट) को हालको ‘कवि-गल्ली’ भित्रको जग्गामा नयाँ घर बनाएर (वि.स. २००४-०५ मा) जीवनको अन्तिम १२ वर्ष बिताउनुभएको हो।

उहाँका सन्तानहरूबीच सो सम्पत्तिको पनि अंशबण्डा हुँदा मैतिदेवी तर्फबाट मोटर-बाटो खोलिएपछि सो घरलाई “मैतिदेवीको घर” भन्‍न थालियो। नेपाल प्रज्ञा प्रतिष्ठानले स्वरूप परिवर्तन गर्न लागेको सो घरमा हाल डिल्लिबजार र मैतिदेवी दुबैतर्फबाट पुग्न सकिन्छ।

Detail 2

प्रतिक्रिया दिनुहोस्