इञ्जिनियरिङ्ग बिद्यार्थीमाथि प्रहरीको दमन

२०७८ सावन २४, २२: ०६ मा प्रकाशित
detail 1
इञ्जिनियरिङ्ग बिद्यार्थीमाथि प्रहरीको दमन

२४ साउन, काठमाडौं । च्यासल ललितपुर स्थित हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत इञ्जिनियरिङ्गका विद्यार्थीहरू माथि प्रहरीले लाठी प्रहार गर्दै दमन गरेको छ ।

कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले बिगत एक साता देखि आन्दोलन गर्दै आएका बिद्यार्थी माथि कलेज प्रशासन र प्रहरी मिलि धरपकड गरेका हुन् ।

उनीहरुले गत श्रावन १७ गते व्यवस्थापनलाई ३ बुँदे मागपत्र समेत बुझाएका थिए। तर सो माग प्रति कलेज ब्यबस्थापकले बेवास्ता गर्दै आएको छ

आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि महानगरीय प्रहरी परिसर ललितपुर अन्तरगत बालकुमारी र मंगलबजारबाट खटिएको प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको आन्दोलनरत विद्यार्थीहरुले बताए ।

Detail 2

प्रतिक्रिया दिनुहोस्