सामान बुकिङ्ग गर्दा ब्यबसायीले ढुवानी शुल्क तिर्नुपर्ने

२०७९ जेठ १७, ०६: १२ मा प्रकाशित
detail 1
सामान बुकिङ्ग गर्दा ब्यबसायीले ढुवानी शुल्क तिर्नुपर्ने
rush hour

१५ जेठ , काठमाडौं । ब्यबसायीहरुले माल सामानको बुकिङ्ग संगै ढुवानीको पनि भुक्तानी दिन पर्ने भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल समान ढुवानी ब्यबसायी संघ , काठमाडौँ सामान ढुवानी ब्यबसायी संघ र संयुक्त समान ढुवानी ब्यबसायी संघले अहिलेको कठिन समयलाई मध्यनजर गर्दै सो व्यवस्था गरिएको जानकारी दिएको हो ।

गत जेठ १२ गते बाट सेवा बन्द भएको र सो सेवालाई छिटो संचालन गर्नका निम्ति उपयुक्त रुपमा बिकराल अवस्था समय सापेक्षित रुपमा बैज्ञानिक भाडाडर निर्धारण तथा ढुवानी शुल्क लिने प्रक्रिया समेत परिमार्जित गरि सो व्यवस्था गरेको संघले जनाएको छ।

साथै संघले ट्रान्सपोर्ट कम्पनीहरु खुलेको नखुलेको अवस्था बुझेर मात्र सेवा लिन र पुरानो जे जति भुक्तानीको हिसाब चुक्ता गराउन ब्यबसायी माझ अनुरोध गरेको छ।

Detail 2

प्रतिक्रिया दिनुहोस्