गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा

२०७८ बैशाख २६, १८: ५४ मा प्रकाशित
detail 1

२६ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजिनामा दिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

नया सरकार गठन नभए सम्म हालकै सरकारले कार्य सम्पादन गर्ने छ।

Detail 2

प्रतिक्रिया दिनुहोस्