सवारी चालक अनुमती पत्र लिन चाहनेलाई खुशीको खबर : ६० प्रतिशत अंक ल्याउने पास

२०७५ पौष २७, १८: २७ मा प्रकाशित
detail 1

२८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमती पत्र ( लाइसेन्स ) को प्रयोगात्मक ( ट्रायल ) परीक्षा प्रणाली परिवर्तन गर्ने तयारी गरेको छ। अब प्रयोगात्मक परीक्षा दिंदा विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

बिधमान व्यवस्था अनुसार प्रत्येक प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्ने र कुनै एउटा मात्र गल्ति भयो भने परिक्षामा फेल गर्ने नियम रहेको छ। सो ब्यबस्थाले गर्दा सडकमा राम्रो सवारी चलाउन सक्नेले समेत प्रयोगात्मक परिक्षामा फेल हुने भएको कारणले गर्दा अबैध तरिकाले सवारी चालक अनुमती पत्र लिनेको संख्या बढेको भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयका एक अधिकारीले बताए।

सडकमा चलाउन नजाने पनि ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्दा सजिलै ट्रायल पास गर्छन्, तर सडकमा गज्जबले सवारी चलाउन सक्नेले ट्रायल सेन्टरमा पुगेर परीक्षा पास गर्न सक्दैनन्,’ सोहि कारणले गर्दा पनि यसरी एउटा गल्ती भएकै आधारमा ट्रयालमा फेल गर्नु जायज नभएको ति अधिकारीले बताए।

अब नयाँ बन्ने निर्देशिकामा प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । सो को आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।

अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अवैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ ।

Detail 2

प्रतिक्रिया दिनुहोस्