मन्त्रिपरिषदको बैठकले गर्यो संसद बिघटनको प्रस्ताब

२०७७ पौष ७, १२: १४ मा प्रकाशित
detail 1
मन्त्रिपरिषदको बैठकले गर्यो संसद बिघटनको प्रस्ताब

५ पुस, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद बिघटनको प्रस्ताब गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विहान ९ : ४५ बजे ताजा जनादेशमा जानका लागि भन्दै मन्त्रीहरुलाई आकस्मिक बैठकमा उपस्थित हुन भनेका थिए र सोहि बैठकमा उनले संसद विघटनको प्रस्ताव ल्याए ।

२०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएता पनि वर्तमान संविधानले बहुमत प्राप्त दलको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन ।

कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा मिलिजुली सुरका गठन हुन नसकेमा वा कुनै पनि प्रधानमान्त्रीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्थामा मात्र संसद विघटन गर्न पाइने संविधानको धारा ७६ (७) मा प्रावधान छ ।

तर, प्रधानमन्त्री ओलीले संविधानमै व्यवस्था नभएको बेलामा एकलौटी रुपमा संसद विघटन गरेका छन् ।

प्रधानमन्त्रीको यो कदमको देश भरि चौतर्फी विरोध सुरु भएको छ ।

Detail 2

प्रतिक्रिया दिनुहोस्