विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने : तत्काल हवाई उडानमा रोक नलगाउने

२०७८ बैशाख १३, २२: ०९ मा प्रकाशित
detail 1
विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने : तत्काल हवाई उडानमा रोक नलगाउने

१३ वैशाख, काठमाडौं । सरकारले विदेशबाट आउनेलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिने भएको छ। सोमबार बसेको नियमित मन्त्रीपरिषदको बैठकले यात्रुहरु माथि कडाइ गर्दै अनिबार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो। सो बैठकले तत्काल अन्तर्राष्ट्रिय हवाइ उडान भने बन्द नगर्ने भएको छ ।

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीका अनुसार विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको मन्त्री ज्ञवालीले बताए ।

बिगतमा नेपाली यात्रुलाई होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था थिएन। उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसेपनि हुने व्यवस्था रहेकोमा हाल होटल क्वारेन्टाइन नै अनिवार्य गरिएको हो ।

Detail 2

प्रतिक्रिया दिनुहोस्