केरुङ्ग नाका भोलिबाट सुचारु

२०७७ फागुन १६, १९: ४४ मा प्रकाशित
detail 1

१६ फागुन , काठमाडौँ। चीनले यहि सोमबारबाट केरुङ्ग नाका सोमबार देखि संचालनमा ल्याउने भएको छ। चीनको नयाँ बर्ष अर्थात् ल्होसार देखि बन्द रहेको नाका भोलिबाट संचालनमा आउन लागेको हो।

सरकारको चीन संग भएको लामो प्रभावकारी कूटनीतिक प्रयास पश्चात सिमा नाका खुलाउन चीन सहमत भएको हो। ‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक-दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निकै मेहनत गर्नुपरेको थियो ।

बिगत लामो समय देखि केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । नाका नखुल्दा कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर बनाएको छ भने राज्यको दैनिक दुई करोडभन्दा बढी राजस्व गुमिरहेको छ । नाका बन्द हुँदा स्थानीय तथा नाकामा कारोबार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो ।

स्रोत : रासस

Detail 2

प्रतिक्रिया दिनुहोस्