बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी

२०७९ माघ ५, ००: ०० मा प्रकाशित
detail 1
बिहिबार देखि काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा जारी

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा यहि १६ गते बिहिबार विहान ६ बजे बाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बसेको बैठकले सो निर्णय गरेको हो।

बन्द हुने क्षेत्रहरु :

१ काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

२ सम्पूर्ण निजी तथा सार्बजनिक सवारी साधनहरु

सुचारु हुने क्षेत्रहरु :

१ खाद्य सामग्रीको पसल : बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म डिपार्टमेन्ट स्टोरको हकमा भने बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

२ सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत अन्य अत्यावश्यक सेवा दिने कार्यालयहरु सञ्चालन हुनेछ । सो संस्थाका कर्मचारीले आफ्नो परिचयपत्रको आधारमा आवतजावत गर्न सक्नेछन् ।

३ विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी स्थानीय प्रशासनको अनुमतिमा १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।

४ अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी , संचारकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

Detail 2

प्रतिक्रिया दिनुहोस्