शुक्रबार बाट जोर बिजोर प्रणाली हट्दै

२ पुस, काठमाडौं । शुक्रबार बाट काठमाडौँ उपत्यकामा निजि तथा सार्बजनिक सवारी साधन लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले निर्णय गरेको हो ।

यातायात ब्यबसायी र मजदुरसंग सहमति भए संगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको छ’, उनले भने ।

हाल काठमाडौँ उपत्यकाका सडकमा मानिसको चाप बढ्दै गएको र यसले गर्दा थप महामारीको जोखिम बढ्ने भएकोले गर्दा र यस अघि यातायात ब्यबसायीहरु स्ययंले पनि शुक्रबारबाट एक तर्फी रुपमा जोर बिजोर प्रणालीको नियम उल्लघन गर्दै सवारी चलाउने घोषणा गरेका थिए।