सैंबु भैंसीपाटीमा जिप दुर्घटना : ३ घाइते

२६ मंसिर, ललितपुर । ललितपुरको सैंबु भैंसीपाटीमा शुक्रबार जिप दुर्घटना भएको छ । दुर्घटना परि ३ जना घाइते भएका छन्।

नखुबाट भैंसीपाटीतर्फ आउदै गरेको बा १२ च ९१८५ नम्बरको जिप शुक्रबार बेलुकी ९ : ४५ बजे भैंसीपाटी आवास क्षेत्रको गेट अगाडी दुर्घटना भएको हो। घाइते हुनेमा चालक बर्ष ४३ को आर्यन यादव , बर्ष १८ को अमरेश यादव र बर्ष ४ को एक जना बालक रहेका छन्। घाइतेको मेडीसिटि अस्पतालमा उपचार भैराखेको छ। घाइते हुनेमा बर्ष ४३ को बाबु र २ जना छोराहरु रहेका छन्।

महानगरीय प्रहरी प्रभाग भैंसीपाटीले ट्राफिक चेकिङ्ग भैराखेको स्थानमा जिपले अकस्मात रोक्दा एकासी सडकको डिभाइडरमा ठोकी पल्टेको जनाएको छ। यस सम्बन्धमा थप प्रहरीले अनुसन्धान गरिराखेको छ ।