माउण्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

मङ्सिर ५ ,काठमाडौं । हालै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बांडफांड गर्न बांकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ।

गत बिहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो ।उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक श्री डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।