रियलको अपराजित यात्रामा नवप्रवेशी क्याडिजको ब्रेक, बार्सिलोना पनि पराजित

नवप्रवेशी टाली क्याडिजले डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा स्तब्ध बनाएको छ । एन्थोनी लोजानाले पहिलो हाफको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । रियलबिरुद्ध क्याडिजले पछिल्लो ३० वर्षमा पहिलो पटक जीत हासिल गरेको हो ।

जिनेदिन जिदानको टोलीले खेलमा नियन्त्रण कायम गरेपनि विपक्षीको पोष्टमा मात्र दुईवटा प्रहार गर्न सक्यो । लुका जोभिचले गोल गरे पनि करिम बेन्जेमा अफसाइड रहेको कारण त्यसलाई रद्द गरिएको थियो । खेल सकिन १० मिनेट अघि बेन्जेमाको शक्तिशाली प्रहार पोष्टमा लागेको थियो ।