माछापुछ्रे बैंकको साधारण सभा स्थगित : कहिले देला त लाभांश ?

१ कात्तिक, काठमाडौँ । माछापुछ्रे बैंकले यस अघि तय गरिसकेको साधारण सभा स्थगित गरेको छ। गत शुक्रबार बसेको संचालक समितिको बैठकले बढ्दो कोरोना संक्रमण र आसन्न आउन लागेको चाडबाडको कारण देखाई स्थगित गर्ने निर्णय गरेको हो।

बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो।