महाराजगंजमा एक व्यक्तिको हिडदा हिड्दै मृत्यु

२ जेठ, काठमाडौं । काठमाडौँको महाराजगंजमा एक जना व्यक्तिको बाटोमा हिडदा हिड्दै मृत्यु भएको छ। आइतबार अपरान्ह ४ बजे सेल्सबेरी बाट चुनदेवी जाने क्रममा अन्दाजी ३५ बर्ष उमेर रहेको एक अज्ञात व्यक्तिको मृत्यु भएको हो।

सो ब्यबारिसे शबलाई काठमाडौँ महानगरपालिका वडा नं ३ को जनप्रतिनिधि र स्थानीय बासीको रहोबरमा प्रहरीले त्रि बि शिक्षण अस्पताल महाराजगंजमा पठाइएको छ। मृत्यु के कारणले भएको हो थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत महाराजगंजले जनाएको छ ।