काठमाडौँ जिल्लामा सार्वजनिक स्थलमा होलि खेल्न रोक

११ चैत, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर पुन त बढ्दै गएको हुनाले फाल्गु पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पुरा गर्न सर्बसाधारणलाई आग्रह गरेको छ। यदि जो कोहि व्यक्तिबाट आदेशको उल्लङ्घन भएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।