सांसदलाई उपत्यका नछाड्न निर्देशन

११ फागुन, काठमाडौं । नेकपाले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा प्रचण्ड माधब समुहको बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले प्रतिगामी र क्रान्तिकारी बिरुद्धको लडाई नसकेको हुनाले गर्दा सरकार पक्षबाट सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् ।

बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ढिका भै अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले बताए ।