पेट्रोलको मूल्य एक सय १४ पुग्यो

४ फागुन, काठमाडौं । नेपाल आयल निगमले एक सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आयल निगम अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले बढाइएको हो।

निगमले २ रुपिया मूल्य वृद्धि गरि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ तोकेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु परेको निगमले बताएको छ ।

यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।