प्रधानमन्त्री ओली पार्टीबाट बर्खास्त

११ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले केपी शर्मा ओलीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि पार्टीबाट बर्खास्त गरेको छ । आईतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

यस अघि नै संसद विघटन पश्चात नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।

माघ ३ गते बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोधेता पनि ओलीले पार्टीको पत्र बेवास्ता गर्दै जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको नेकपा नेता एबम पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यस्तै बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए ।