प्रचण्ड माधब समुहलाई जनताले नपत्याउने : प्रधानमन्त्री ओली

१८ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड माधब समूह माथि जनताले नपत्याउने ठोकुवा गरे।

शनिबार राजधानीमा आयोजित काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समुहलाई रत्नपार्कको फुटपाथमा औषधि बेच्ने ब्यक्तिको तुलना गर्दै सो समूह प्रति गन्तब्यमा पुग्ने कुनै एजेन्डा नभएको बताए।

उनले भने ‘गन्तव्यमा पुग्न राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन’, र ‘रत्नपार्कमा औषधी बेच्नेले पनि केही मानिस जम्मा गरेको हुन्छ, अब उहाँहरुको अबको हालत त्यस्तै हो ।’

साथै उनले सरकारलाई आफ्नो काम गर्न नदिएकोले संसद् विघटन गरेको पनि दावी गरे ।

Leave a Reply