१५ पुस, काठमाडौं । इम्बोस्ड नम्बर प्लेट पुन जडान सुरु भएको छ। यस अघि श्रावन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेता पनि बिचमा प्राबिधिक कारणले रोकेता पनि अहिले पुन सुचारु भएको छ।
यातायात व्यवस्था बिभागका निर्देशक एबम प्रबक्ता लोकनाथ भुसालले नेपाली भाषा विदहरुले आपति जनाएर नेपालका सवारीसाधनमा प्रयोग हुने भाषा विदेशीका लागि नभएर नेपालीकै लागि नेपाली भाषामै हुनुपर्ने लगायतका माग राखी प्रधानमन्त्री माझ ध्यानाकर्षण गराएता पनि नेपाली भाषामा नम्बर प्लेट छाप्दा सर्बसाधारणलाई नै थप आर्थिक भार पर्ने निष्कर्ष निकाल्दै सरकारले पुन त अंग्रेजीमा नै छाप्ने निर्णयमा पुगेको बताए।
यस अघि २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै सर्वोच्चमा रिट परेको थियो।
उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अन्तरिम आदेश दिएता पनि २०७६ साल मंसिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो।