१० पुस, काठमाडौं । यातायात व्यवस्था बिभागले यहि १४ गते बाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स )को अनलाइन आबेदन लिन सुरु गर्ने भएको छ।
सरकारले कोरोना भाइरसको संक्रमण जोखिम बढेको कारण देखाउदै २०७६ साल चैत्र ११ गते बाट रोकिएको फारम खुल्ने भएको छ।
शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै आगामी मंगलबार (१४ पुस)देखि लाइसेन्सको फारम खुल्ने जनाएको हो।
२०७६ चैत ११ देखि बन्द रहेको लाइसेन्सको फारम खुल्न लागेको हो। लामो समयदेखि लाइसेन्सको फारम नखुल्दा हजारौं नागरिक लाइसेन्सको परिक्षामा रहेका छन्।
लाइसेन्सको फारम खुलाउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अधिनमा रही पालना गर्नु पर्ने विभागले जनाएको छ।