डोरमणि पौड्याल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता : ३ मन्त्रीद्वारा पदबाट राजिनामा

१० पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यसैगरी शुक्रबार नै प्रदेश सरकारमा रहेका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । राजिनामा दिने मन्त्रीमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल हुन् ।

Leave a Reply