आइतबार कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बूढानिलकण्ठमा बस्ने

५ पुस, काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताब गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। बैठक आइतबार दिउसो १ बजे देउबा निवास बूढानिलकण्ठमा तय भएको हो।

प्रधानमन्त्रीको गलत कदम बारे छलफल गर्न र आगामी रणनीति बनाउन बैठक बोलाइएको कांग्रेस सभापति शेर बहादुर देउवाका स्वकीय सचिब भानु देउबाले जानकारी दिए ।

Leave a Reply