२०७८ बैशाखमा नयाँ चुनाब गर्ने प्रस्ताब

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगे लगत्तै उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

सो प्रस्ताबको राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।

Leave a Reply