शुक्रबार र शनिवार काठमाडौँको विभिन्न स्थानमा लाइन सटडाउन हुने : बिधुत प्राधिकरण

२ पुस, काठमाडौं । नेपाल बिधुत प्राधिकरणले शुक्रबार र शनिबार काठमाडौँको विभिन्न स्थानमा लाइन सटडाउन गर्ने भएको छ ।

नेपाल बिधुत प्राधिकरणका अनुसार शुक्रवार विहान ७:०० बजे दखि १०:०० बजे सम्म र २०७७।०९।०४ गते शनिवार दिउसो १२:०० बजे देखि ३:०० बजे सम्म सट डाउन गर्ने छ ।

प्राधिकरण अन्तर्गतको बालाजु सवस्टेसनको ११ के भि ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सव स्टेसनबाट वितरित बालाजु ‌औधोगिक क्षेत्र १, बालाजु ‌औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त एरीयाका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति माफी मागेको छ । ‌

निर्धारित कार्य समय अगावै सम्पन्न भएमा लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।

Leave a Reply