भय माथि बिजय नै कोरोनाको औषधी

भनिन्छ– मन त्यस्तो शक्ति हो जो रोग भन्दा बढी शक्तिशाली हुन्छ । रोगले मानिसलाई २० प्रतिशत असर गर्छ भने मनको भयले ८० प्रतिशत असर गर्छ । इच्छा शक्तिले अनेक संकटको सामना गर्नका लागि उत्प्रेरणा दिन्छ । यो उत्प्रेरणा मानसिक मनोबल सँगै शारीरिक शक्तिका रुपमा स्थापित हुन्छ । जसको परिणाम मानव शरीरमा रहेका नकारात्मक प्रभावसँग प्रतिस्पर्धा गरी सकारात्मक प्रभावलाई प्रतिस्थापन गर्ने ठूलो गुण मानिन्छ । त्यसैले त अध्यात्ममा विश्वास गर्नेहरु रोगसँग होइन, मनोरोगसँग लड्न सक्नु नै जीत ठान्छन् ।

मान्छेले शक्ति त्यति बेला गुमाउँछन्, जतिबेला इच्छा शक्ति गुम्छ । मानिस आत्महत्या किन गर्छ होला ? चिकित्सा बिज्ञानले मान्छे भित्र बाँच्ने चाहना मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन् । त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने इच्छा शक्ति हराउँदै जाँदा निधन अधिक नजिक हुन्छ । यसलाई डरको एउटा प्रारुप मानिन्छ ।

डर नै सबैभन्दा ठूलो भाईरस हो जसले रोगको भाईरसले भन्दा बढि मानिस लाई दुःख दिन्छ । उदाहरणको लागि प्राचीन कालदेखि जब जब युरोपका शहरहरूमा महामारी फैलन्थ्यो सो समय त्यहाँका धर्म गुरुहरूले शहरको रक्षाका लागि सीमानामा बसेर रोग विरूद्ध पुजा आजा गरेर रोगको रोकथाम गर्थे रे ! त्यस्तै समयमा एक पटक ‘महामारी’ शहर भित्र प्रवेश गर्न खोजेछ । यस्तो अवस्थामा धर्म गुरुहरूले रोगलाई शहर भित्र प्रवेश गर्नु भन्दा पहिले बाटोमै रोकेर प्रश्न गरेछन् – रोग तिमीले कति जनालाई लिएर जान्छौ ? रोगले जवाफ फर्कायो – म एक्लै छैन । मसँग मृत्यु र भय दुई साथीहरु पनि छन् । म सँगै आएका मृत्यु र भयलाई पनि सोधपुछ गर । अनिमात्र म मात्र म भन्छु ।

यो सुनेर धर्म गुरुहरूले सबैभन्दा पहिले रोगलाई सोधे । रोगले उत्तर दियो । त्यसपछि धर्मगुरुहरूले मृत्युलाई प्रश्न गरे । मृत्युले भन्यो – ‘म रोगले लगेको मध्ये रोग लागेको आधालाई लिन्छु । त्यसपछि ‘भय’को पालो आयो । भय’ ले आफू कसैलाई नलिने बतायो । यो सुनेपछि रोग, मृत्यु भय तीनलाई नै शहर भित्र प्रवेश गराइएछ ।

त्यसपछि सहर भित्र महामारी फैलियो । रोगले आफूले भनेको जति मान्छेलाई लियो । मृत्युले पनि आफ्नो वाचा अनुसार रोगले लगेको भन्दा आधा मानिसलाई लियो । तर, भयले चाहिं रोग र मृत्युले लगेको भन्दा बढीलाई लिइरहेको देखेपछि धर्मगुरूहरू ले ‘भय’लाई रोकेर सोधे – तिमीले त कसैलाई लग्दैन भनेको होइन, फेरि सबैभन्दा बढिलाई तिमीले किन लगेको ? यो प्रश्न सुनेर भयले भन्यो – मैले यिनीहरू लाई लगेको होइन, यिनीहरू नै आफै मेरो पछि लागेर आएका हुन् ।

यसर्थ भय त्यस्तो चिज हो जसले हामीलाई नजानिँदो किसिमबाट रोगको मुखमा पुर्‍याउन मद्दत गर्छ र सजिलै मृत्युको नजिक पुर्‍याउँछ ।

आज पनि यस्तै समयको सिर्जना विश्वभरि नै भइरहेको छ । आज त्यही भय वा डर सबैभन्दा बढी हामीमाथि हावी भइरहेको देखिन्छ । यस्तो समयमा हाम्रो सोचले जीवनमा ठूलो असर गरेको पाइन्छ । तसर्थ सोचलाई सकारात्मक बनाउँदै जीवनलाई सुखी र खुशी बनाउनु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो । आज यस्तो परिस्थितिको सिर्जना भएको छ, जसले विश्वको हरेक मनलाई डरले प्रभाव पारेको छ ।

‘भाइरस अफ फियर’ सबैभन्दा हानीकारक रोग हो । जसले मलाई, मेरो घर परिवारलाई, मेरो राष्ट्रका तीन करोड नेपालीलाई मात्र नभएर विश्वको ७–८ सय करोड जनसंख्यालाई नै जकेडेर राखेको छ ।

त्यो परिस्थिति कोरोना भाईरस हो, जसको कारण चिन्ता र भयले हरेक मनलाई खाइरहेको छ। परिस्थितिले मनको स्थिति बनाएको भन्दा पनि मनको स्थितिले परिस्थिति बनाएको आज देखिँदैछ । जुन हुनुमा सबैभन्दा महत्वपूर्ण हात भनेको प्रविधिको फरक प्रभावलाई मान्नुपर्छ ।

टेलिभिजन, सामाजिक सञ्जालहरू र पत्रपत्रिका इत्यादिको भूमिका महत्वपूर्ण हो । हामी रोग र मृत्युको बारेमा हेरिरहेका छौं, सुनिरहेका छौं अनि शेयर गरिरहेका छौं । जसले रोग र मृत्यु भन्दा पनि भयलाई बढी सहयोग गरेको छ ।

यहाँ कोरोना भाईरस भन्दा डरको भाईरसले मानव जातिको शरीरमा नोक्सानी सुरू गरिसकेको छ । यो ‘भाइरस अफ फियर’ सबैभन्दा हानीकारक रोग हो ।

यो डर नै समस्याको मूल जड हो । डाक्टर भन्दैछन्–डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ । रोग प्रतिरोधात्मक क्षमता उमेरले होइन, मनले तय गर्दछ भन्ने कुरा हाम्रो सम्मानीय प्रधानमन्त्रीले नै प्रमाणित सक्नुभएको छ । यस्तो अवस्थामा आज सारा विश्वका मानिसहरु घरमा बसेर टेलिभिजन च्यानल र सामाजिक संजाल मार्फत कोरोना भाईरसकै समाचार हेरेर मृत्यु आदिबारे नकारात्मक सूचनामार्फत आफ्नो शरीरमा डरको नकारात्मक प्रभाव पारिरहेको अवस्था छ ।

हरेक १५ मिनेटमा समाचार सुन्ने, त्यसको दृश्य हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादि ले हाम्रो पुरै शारीरिक शक्ति रोग, मृत्यु र भयमा मात्र सीमित हुनसक्छ । जसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि उक्त रोगले सजिलै आक्रमण गर्न सक्छ ।

दिनभरको नकारात्मक समाचारले हाम्रो सोचमा नै डर त्रास फैलिएको छ । सूचना संप्रेषण गर्नेले रोग नफैलोस् भनेर दिनु राम्रो काम हो । जसलाई नकारात्मक कुरा भन्न सकिन्न । तर, त्यो सूचनालाई डर त्रासको रूपमा चौबिसै घन्टा हेरेर लेखेर र शेयर गरेर पटकपटक दिनु साँच्चिकै नकारात्मक प्रभाव वा असरलाई आफूप्रति आकर्षित गर्नु हो ।

अर्थात् सधैं मोटरसाइकल र कार दुर्घटनाको भिडियो हेर्दा हेर्दा र मरेको मान्छेको कुरा सुन्दा सुन्दा हाम्रो मगजमा यस्तो नकारात्मक प्रभाव पार्छ की त्यसले गर्दा हामीले बाटोमा गाडी सजिलो संग चलाउन सक्दैनौँ । हामीलाई भयले यस्तो जकेडेर राख्छ जसको कारण हाम्रो मगजमा ‘एनजाइटी’ सिर्जना भएर स्वतः नै दुर्घटना हुन सक्छ । तसर्थ नकारात्मक सोचको प्रभाव पनि नकारात्मक नै हुन्छ । यो बम्हाण्डको नियम नै हो । प्रत्येक दश दश मिनेटमा मोबाइल टिभीमा हाम्रो शुभचिन्तकहरूले शुभ भावनाले रोगबाट बच्ने सन्देश पठाई रहेका हुन्छन्, जुन साँच्चिकै हामीलाई आवश्यक नै छ त ?

दिनमा १५ मिनेट समाचार सुनौँ जानकारीको लागि । तर, हरेक १५ मिनेटमा समाचार सुन्ने, त्यसको दृश्य हेर्ने, त्यसैको बारेमा सामाजिक संजालमा लेख्ने र त्यसैको बारेमा घर परिवारमा कुरा गर्ने इत्यादिले हाम्रो पुरै शारीरिक शक्ति रोग, मृत्यु र भयमा मात्र सीमित हुनसक्छ । जसले हाम्रो प्रतिरक्षात्मक शक्ति समाप्त भएर हामी माथि उक्त रोगले सजिलै आक्रमण गर्न सक्छ ।

आजैबाट “स्वस्थ मनस्थिति नै रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि हो भन्ने मन्त्र आफ्नो जीवनमा लागू गरौँ” ।हिन्दीमा भनिन्छ “जो डर गया सो मर गया” बास्तबमा साच्चिकै कोरोना लागेको मान्छे भाइरसको कारण ले भन्दा डरको कारणले Anxiety भै सास फेर्न नसक्ने अबस्था मा पुगी भेन्टिलेटर सम्म पुगेर मृत्यु बरण गरेको धेरै केसहरु देखिएको छ ।कोरोना लाग्यो भन्ने थाहा हुने बित्तिकै उच्च रक्तचाप भै हर्ट फेल भएको अधिकांश देखिएको छ। यति मात्र होइन कोरोना लाग्यो भनेर समाजमा बाच्न गार्हो हुन्छ भन्दै आत्महत्या गर्ने को संख्या कोरोना को मृत्यु भन्दा बढि देखिएको छ।

हाम्रो आन्तरिक शक्तिलाई डर र त्रासले नास गर्ने छ । जसको कारण कोरोना जस्तो नकारात्मक तत्वलाई सजिलै आकर्षण गर्छ। तसर्थ नकारात्मक तत्वलाई समाप्त गर्ने एक मात्र उपाय सकारात्मक सोच राख्नु हो । यसले यो भाइरस छिटै हराउँछ ।यो सामान्य रूधा खोकीलाई हाम्रो सोच ले जटिल बनाउदै छ भन्ने बुझौ। यसले हामी लाई दुःख दिँदैन । हामी भाईरससँग लड्न सक्छौँ भन्ने सकारात्मक सोच मात्र सकारात्मक परिणामको एउटा प्रमुख उपाय हो ।

यसर्थ, कोरोना भाइरसका सन्दर्भमा त्यति गहिरो धारणा बनाउन आवश्यक छैन । विश्व सूचांक हेर्दा पनि यो साधारण हो । खानपानदेखि अनेक विषयमा ध्यान दिए यसको आक्रमणले मान्छे मरिहाल्ने वा सक्कि हाल्ने पनि होइन । आत्मबल बलियो भएका मानिसको शारीरिक रुपमा प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसलाई लडाउने वा खुत्रुक्क पार्ने चिज नै बलियो प्रतिरोध क्षमता हो । त्यसका लागि त्रास र डर रहित सुरक्षित बसोबास हो ।

विश्व स्वास्थ्य संगठनले पनि भनेको छ–जति खुसी बन्नुहुन्छ, त्यति प्रतिरोध क्षमतामा कमजोरी हुने छैन । यसर्थ, स्वस्थ्य रहन केही त मनन् गरौ- ‘मन को बाघ खतरनाक हुन्छ बनको बाघ भन्दा’ । आजैबाट स्वस्थ मनस्थिति नै रोगसँग लड्ने सबैभन्दा ठूलो औषधि हो भन्ने मन्त्र आफ्नो जीवनमा लागू गरौँ । स्वस्थ मनस्थितिले रोगलाई सजिलो सँग पराजित गर्न सक्छ भन्ने सबैभन्दा ठूलो उदाहरण नै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । यो संसारमा सबैभन्दा ठूलो शक्तिशाली कुरा भनेकै हाम्रो मष्तिष्क हो ।हामीले जे सोच्छौ त्यही पाउछौ कोरोना लाग्छ भन्दै जीवन डरले जिउछौ भने अबस्य लाग्छ तर भय रहित जीवन जिउछौ भने सुखी र खुसी ले दुई दिन को जीवन जिउने छौ।## च्वाईस तपाईँ हामी को ##

लेखक : रीना भट्ट (lecturer) पाटन संयुक्त क्याम्पस