बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

६ कात्तिक, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण भएको छ। बिगत केहि दिन देखि सामान्य रुघाखोकी लागेपछि होम आइसोलेसनमा बस्दै आएका पौडेललाई बिहिबार कोरोना पुस्टि भएको हो।

मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक  प्रकाश दाहालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालका अनुसार मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । केही दिनअघि काठमाडौ आएर हेटौडा फर्केका पौडल लगत्तै अस्वस्थ भएका थिए ।

Leave a Reply