कोरोना उपचार निजी खर्चमा गर्नपर्ने ब्यबस्था

२ कात्तिक, काठमाडौं ।   सरकारले तोकेको अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार बाहेक अन्य सर्बसाधारणले भने आफ्नो निजी खर्चमा उपचार गर्नुपर्ने  सरकारले निर्णय गरेको छ।

आइतबार अति अशक्त र बिपन्न वर्गको रहेका नागरिक बाहेक अन्य सर्बसाधारणले स्वयम् आफ्नो निजी खर्चमा कोरोना परिक्षण र उपचार गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनले उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिने पनि जानकारी दिए ।

सो व्यवस्था आजकै मितिबाट भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने निर्णय गरेको हो। साथै कोरोनाको उपचारका लागि रेन्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि भएको प्रवक्ता गौतमले बताए।

Leave a Reply