कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघ्यो

असोज ३०, काठमाण्डौ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले गत २४ घण्टाको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार शुक्रबार थप २१ जनाको मृत्यु भएसंगै हालसम्मको मृतकको कुल संख्या ७१५ पुगेको हो।

डाक्टर गौतमका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

Leave a Reply