सरकारले कसरी उठाउँदैछ २ खर्ब २५ अर्ब आन्तरिक ऋण ?

२६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ ।

आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब रुपैयाँ मंगलबार उठाउँदैछ । नेपाल राष्ट्र बैंङ्कले ३० अर्ब रुपैयाँ विकास ऋण पत्रमार्फत र ३ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत ऋण उठाएको छ ।

आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले कार्यतालिका नै बनाएर काम गरिरहेको छ । हरेक चौमासिकमा आन्तरिक ऋण उठाउने कार्यतालिका बनाइएको र सोही अनुसार काम भइरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार पहिलो चौमासिकमा ५७ अर्ब उठाउने तयारी छ ।

Leave a Reply